५ कार्तिक २०८३, बिहिबार

अदालतमै महिला कर्मचारीमाथि कुटपिट गर्ने वकिल पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । महिला कर्मचारीमाथि कुटपिट गर्ने जिल्ला अदालत ललितपुरका वकिललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वकिल अमिर लामिछाने रहेका छन् । उनले कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेका हुन् । तामाङको मुखमा चोट लागेको छ ।

तामाङको फाँटमा गएर वकिल लामिछानेले मुद्दाको फाइल हेर्नेक्रममा तामाङले फोटोकपी गरेर हेर्न अनुरोध गरेपछि लामिछानेले हातपात गरेका उनले बताइन् ।

पक्राउ परेका लामिछानेमाथि प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान अगाडि बढाएको छ ।