
काठमाडौं, १४ असार । जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) र एमालेका भ्रातृसंगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
जन्मजयन्तीका अवसरमा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले बिहीबार मनोहरा खोला सफाई एवं बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा वरको बिरुवा रोपेका छन् भने मदन स्मृति चौतारीको उद्घाटन समेत गरे ।
अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रिक सम्बन्ध रहेको धारणा राखे ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।















प्रतिक्रिया