
काठमाडौं, १४ असार । यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा. घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।
नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा. कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी परिषद्बाटै प्रदान गरिने गोपाल पाँडे असिम पुरस्कार अर्का साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि क्रमश: एक लाख २५ हजार र ५० हजार तथा प्रशंसापत्र रहेको छ ।
भानु पुरस्कार आगामी भानु जयन्तीका अवसरमा र गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए ।















प्रतिक्रिया