
काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिक्षक कुट्ने प्रवृत्ति बढेकोप्रति दुख व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै ओलीले संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएको धारणा राखे ।
सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई सरकारले प्रोत्साहन गर्दै मुद्दा फिर्ता लिएको बताए ।
‘आज गुरु कुट्ने संस्कृति बढेको छ, यो बडा दुखद कुरा हो यो । सभ्यताको दियो बाल्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेको छ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने ।















प्रतिक्रिया