
काठमाडौं, १४ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत रहेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको टिप्पणी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले समलिङ्गी विवाहले वैधानिकता पाए यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्ने उल्लेख गरेका छन् ।
थापाले भनेका छन्ः
समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ। समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो। समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।
बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गराउन आदेश दिएको थियो ।











प्रतिक्रिया