१ कार्तिक २०८३, शनिबार

एसियाडका लागि चार खेलाडी छनोट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद ९एशियाड० प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । त्यस्तै महिलातर्फ ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एशियाली खेलकुद आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।