५ कार्तिक २०८३, बिहिबार

विकृतिको डंगुर सफा गर्ने लडाईमा मलाई समर्थन चाहिएको छ: प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकृतिको डंगुर सफा गर्न आफ्नो सरकार लागि परेको भन्दै त्यसका लागि आफूलाई सहयोग चाहिएको बताएका छन् ।

बुधबारको प्रतिनधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बालुवाटार काण्डको फाइल पुन: खोलिएको र मिटरब्याजी साथै सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको अवस्थामा वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा आफूलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मलको हाहाकार हरेक वर्ष हुने गरेकोमा यस बर्ष साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्‍चित भएको र मलको हाहाकार नहुने बताए । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको जानकारी दिए । आफू सरकारमा आएपछि भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको उल्लेख गरे ।

प्रचण्डले दीगो विकासका लक्ष्यका सूचकहरूको पुनरावलोकन गरिएको र विकासम्बन्धी बेग्लै कानून निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए । प्रधानमन्त्रीले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने भन्दै त्यसलाई तथ्यात्मक आधार चाहिने बताए । बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोज्न लागेकाले सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।

प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय¸ सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिएको र संस्थागत तथा प्रक्रियागत सुधारका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए । समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवद्र्वनमा सरकार निरन्तर सक्रिय रहने उनको भनाइ छ ।