
काठमाडों, १३ असार । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबारकै मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया