
काठमाडौं, १३ असार । पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।
जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् ।
यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन् ।











प्रतिक्रिया