
काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा व्यक्तिमा नाममा गरेको प्रकरणमा प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यात सम्पर्कबिहीन भएका छन् ।
उनी मंगलबार बिहानदेखि नै सम्पर्कबिहीन रहेका छन् । उनी निजी सुरक्षा अधिकारीलाई छोडेर गायब भएका हुन् ।
बस्न्यात सम्पर्कबिहीन भएपछि उनका पीएसओ सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएका स्रोतले बताएको छ ।
यसअघि उनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा पक्राउ परेर छुटेका हुन् ।
विशेष अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएकामा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै स्वास्थ्य समस्या देखाउँदै सर्वोच्च अदालतले रिहाई गरेको थियो ।















प्रतिक्रिया