२९ आश्विन २०८३, बिहिबार

चिनियाँ खर्बपति ज्याक मा नेपालमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनी काठमाडौंमा अवतरण भएको अध्यागमन विभागले जानकारी दिइएको हो ।  विभागका अनुसार ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाएका छन्। ज्याक मा जापानबाट काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सातजना चिनियाँ सवार चार्टर्ड जहाज अवतरण गरेको बताए। ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए। उनी एसियाकै धनाढ्य ब्यक्तिमा पर्छन्। मा ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी १५ दिन नेपालमा रहनेछन् ।

ज्याक मा को खास नाम मा यूङ् हो। उनी सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन्। व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन्।