२ कार्तिक २०८३, सोमबार

उकालो लाग्यो सुनचाँदीको मूल्य

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।

सातोको तेस्रो दिन आज मंगलबार पनि सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज  दुई सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार छापावाल सुनको मूल्य बढेर क्रमशः प्रतितोला १ लाख १० हजार २ सय र १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।