
काठमाडौं, ११ असार । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्यामा आपसी समझदारी खोज्ने सहमति भारतसंग भएको जानकारी दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिर्दै मन्त्री साउदले सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमण निकै फलदायी भएको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिनेगरी अघि बढ्ने समझदारी भएको बताए ।
त्यस्तै साउदले भारतको संसदमा राखिएको नक्साका बारेमा भारतीय परराष्ट्रमन्त्रीसंग कुरा गर्दै अशोककालीन चित्र भएको र यो राजनीतिक नभएको बताएको जानकारी दिए ।
यस बिषयमा दिल्लीस्थित भारतीय दूतावासलाई नक्साका बारेमा बुझेर सरकारलाई जानकारी गराउन निर्देशन दिएको उनले जानकारी दिए । मन्त्री साउदले सार्कलाई गतिशील बनाउन सरकार लागिपरेको उल्लेख गरे ।
साउदले गैरआवासीय नेपालीको लगानीका लागि परराष्ट्रले सहजीकरण गर्दै आएको, राहदानी सेवालाई सहज बनाएको बताए ।















प्रतिक्रिया