
काठमाडौं, ११ असार । सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीलाई उपचार खर्च उपलब्ध गराउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
भरणपोषणका लागि क्षतिपूर्ति माग गर्दै युवतीले दिएको निवेदनमा सुनुवाई गर्दै अदालतले उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।
यातायात र घरभाडासहित २ लाख ७० हजार क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। तर न्यायाधीश पण्डितको इजलासले पीडित राहत कोषबाट १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको हो।
पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् ।















प्रतिक्रिया