५ कार्तिक २०८३, बिहिबार

जलहरीको बिषय अख्तियारले भन्छ, मलाई बोल्न नलगाउनु होला: मन्त्री किराँती

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जलहरीका बिषयमा अनुसन्धान गरेको अख्तियारले छिटै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।

अख्तियारले छानबिन गरेको बिषयमा थप प्रतिक्रिया नदिने उनले बताए । किराँतीले पशुपतिको दानपत्रका बिषयमा छानबिन समिति गठन गरेर प्रतिवेदन प्रहरीसमक्ष बुझाएको भन्दै प्रहरीले थप अनुसन्धान गर्ने जिकिर गरे ।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पार्टीले सहयोग गर्ने बताए । पशुपतिनाथको जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बर्तौलाको धारणा छ । उनले एमालेको शक्ति सामथ्र्य र प्रभाव देखेर नै विरोध गरिएको जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचार गरिएको देखिए दोषीलाई कारवाही गनुपर्ने बताए । पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले अनुसन्धान गर्दै आइतबार नापजाँच गरेको थियो ।