
काठमाडौं, ११ असार । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
नैतिक संकट पैदा भएको भन्दै उनले राजीनामा दिएका हुन् । भट्टराईले प्रधानन्यायाधीशविरुद्ध हरिकृष्ण कार्कीविरूद्व संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए ।
कार्की प्रधानन्यायाधीसका लागि योग्य नभएको भन्दै उनले सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए।
यसअघि कास्की जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतमा रहँदा फैसलामा कैफियत गरेको भन्दै उनीविरुद्ध न्याय परिषद्मा उजुरीसमेत परेको थियो ।















प्रतिक्रिया