५ कार्तिक २०८३, बिहिबार

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।

साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड को घाँटी रेटी हत्या भएको छ । ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।

सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।