
काठमाडौं, ११ असार । र्यापर गिरिश खतिवडालाई पक्राउ गर्न माग गर्र्दै विराटनगरमा प्रदर्शन भएको छ ।
गिरिशले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ क्याफेमा एक व्यक्तिको मृत्यु भएपछि उनका आफन्तले उनको गिरिश सहितको संलग्नतामा हत्या भएको आरोप लगाउँदै आएका छन् ।
आफन्त र स्थानीयले सोमबार बिहान रंगेली-विराटनगर सडक अवरुद्ध पारेका हुन् । मृतकका आफन्तले खतिवडा र उनका कर्मचारीविरूद्ध किटानी जाहेरी दिएका छन् ।
गिरिश सहित क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतविरूद्व किटानी जाहेरी दिएका हुन् ।
गिरिशसको क्याफेमा मृत्यु भएका व्यक्ति मासु मासु व्यावसायी कासिद अन्सारी भएको प्रहरीले जानकारी दिएको छ । असार ३ गते गिरिसको क्याफेमा मासु पुर्याउन आएका अन्सारी गम्भीर घाइते अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन बाँकी रहेको र पैसा माग्दा हत्या भएको उनका आफन्तले आरोप लगाउँदै आएका छन् । प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका हुन् ।















प्रतिक्रिया