
काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका हुन् ।
उनले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था छ ? भन्ने बारेमा जानकारी गराउनुपर्ने बताए ।
गएराति अख्तियारको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरेको थियो ।















प्रतिक्रिया