५ कार्तिक २०८३, बिहिबार

लागु औषधविरूद्व राष्ट्रिय ऐक्यबद्वता आवश्यक छ: गृहमन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध अपराधविरुद्धमा राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य रहेको बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको सर्वाङ्गिण विकास समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको बताएका हुन् ।

उनले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अङ्गीकार गरेका कार्यक्रम कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

लागुऔषध उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुन:स्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुन:स्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

मन्त्रालयका अनुसार नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।