२८ कार्तिक २०८३, शनिबार

सांसदहरूले दिएको सुझाव समेटेर बजेट संशोधन गर्न मिल्छः बाबुराम भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसदहरूले दिएको सुझाव समेटेर बजेट संशोधन गर्न मिल्ने बताएका छन् ।

उनले आफू २०६५/६६मा अर्थमन्त्री हुँदा सुझाव समेटेर संशोधन गरेको नजीर पनि रहको भन्दै बजेट संशोधन गर्न मिल्ने बताएका हुन् ।

सत्ता पक्ष तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगाएतका प्रतिपक्षी दलका सांसदहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्ः

संसदलाई बिरालो बाॅधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊॅ! बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न गजबले मिल्छ! मैले २०६५/६६मा अर्थमन्त्री छॅदा सुझाब समेटेर संशोधन गरेको नजीर पनि छ।यदि बिरालो बाॅध्नै पर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम संसदलाई छॅदैछ!