
काठमाडौं, १० असार । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
जसमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने छन् ।












प्रतिक्रिया