
काठमाडौं, ९ असार । मस्कोतर्फ अगाडि बढिरहेको रूसको निजी अधैसैनिक बल वाग्नर सामु भोरोनेजमा रूसी सैनिकले आत्मसमर्पण गरेका छन् ।
सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्वीरहरूमा रूसी सैनिकहरूले वोरोनेजमा वाग्नर पीएमसीमा सामूहिक आत्मसमर्पण गरेको देख्न सकिन्छ ।
भोरोनेजका सैनिकले आत्मसमर्पण गरेसँगै सहर वाग्नरको कब्जामा आएको छ । यस्तै, वाग्नरले रोस्तोभ पनि कब्जा गरिसकेको छ । रोस्तोभ सहरको जनसंख्या १ दशमलब १ मिलियन रहेको छ भने भोरोनेजको पनि १ दशमलब १ मिलियन नै रहेको छ ।
वाग्नर समूह क्रास्नोडार र भोल्गोग्राड नजिक पुगेका छन् । वाग्नरको आक्रमण बिना नै ति दुई सहर पनि कब्जामा आउने बताइएको छ ।
वाग्नर समूले पुटिन गलत छनोट भएका भन्दै छिट्टै नयाँ राष्ट्रपति आउने घोषणा गरिसकेको छ ।















प्रतिक्रिया