
काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि नेपाल नागरिक उड्डयन प्राधिकरणविरूद्व अदालत पुगेका छन् ।
त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि साहले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।
महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेर काम गरेकाले प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने उनले उल्लेख गरेका छन् ।
विमानस्थल क्षेत्रको तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने बालेनले जिकिर गरेका छन् । काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो।















प्रतिक्रिया