
काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।
रिटको पेसी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलास तोकिएको छ । पेसी पहिलो नम्बरमा नै परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने विधेयककाविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।















प्रतिक्रिया