२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा उनीहरुबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा पार्टी एकताको विषयमा पनि छलफल भएको बताइएको छ ।