१ कार्तिक २०८३, आइतबार

मस्क र मोदीबीच भारतमा लगानीबारे छलफल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ७ असार । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबार संयुक्त राज्य अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतमा सम्भावित ‘महत्वपूर्ण लगानी’ बारे छलफल गरेको बताएका छन् ।

विश्वका अति धनाड्य व्यक्तिमध्येका एक मस्कले भने, “भारतीय प्रधानमन्त्री मोदीले हामीलाई भारतमा महत्वपूर्ण लगानी गर्न आग्रह गर्नुभएको छ । हामी पनि यसका लागि सकारात्मक छौं र सही समय पत्ता लगाउने प्रयास गरिरहेका छौं ।”

नयाँ दिल्लीले पछिल्ला केही वर्षमा गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

कोरोनाभाइरस महामारीपछि, धेरै कम्पनीहरूले चीनमा उनीहरूको आपूर्ति–श्रृङ्खला निर्भरता कम गर्न र दक्षिण एसियाली राष्ट्रको विशाल घरेलु बजारमा जोड्ने अवसरका रूपमा भारतमा आफ्नो उपस्थिति विस्तार गरेका छन् । एएफपी