५ कार्तिक २०८३, बिहिबार

हिसान शैक्षिक मेला नरोक्न काठमाडौं महानगरपालिकालाई अदालतको अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । उच्च अदालत पाटनले हिसानको शैक्षिक मेला नरोक्न काठमाडौं महानगरपालिलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले मेला बन्द नगर्न आदेश भएको हो ।

केही दिनअघि भृकुटीमण्डपमा महानगरपालिकाले हस्तक्षेप गरेर हिसानको मेला बन्द गराएको थियो । महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै मेयर शाहले बन्द गराएका थिए ।

संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले मेला नरोक्न आदेश गरेको हो ।