५ कार्तिक २०८३, बिहिबार

पाँच हजारलाई रोजगारी दिने योजनासहित बालेनले सार्वजनिक गरे नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

मेयर बालेनले आज महानगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकाको दीर्घकालीन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ रहेको उल्लेख गरिएको छ । यसै सोचमा केन्द्रित भई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताइएको छ ।

नीति तथा कार्यक्रममा सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौँ निर्माण गर्ने उदेश्य राखिएको छ ।

यस्तै, कम्तिमा पाँच हजारलाई नयाँ रोजगारीको सिर्जना गर्ने, महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन कम्तिमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने, काठमाडौंलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धिगर्ने लक्ष्य लिइएको छ ।