५ कार्तिक २०८३, बिहिबार

एमालेभित्र बेठिक मान्छे भए आफैँ पतन भएर जान्छन्: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे भए पतन भएर जाने बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेभित्र पनि बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरु आफैं पतन भएर जाने र पार्टी झन मजबुद भएर अघि बढ्ने बताएका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एमाले अघि बढिरहेको उनको भनाइ छ । ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न अघि बढिरहेको जिकिर गरे ।

उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका थिए ।