२८ कार्तिक २०८३, शनिबार

कमल थापाको प्रश्नः नेपाल जस्तो देशलाई किन चाहिन्छ १०० मन्त्री, ५०० सांसद ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता नबुझेको टिप्पणी गरेका छन् ।

यसअघि पनि सेनाको संख्या घटाउने बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको संघीयता बारे बहस गर्नुपर्ने बताउँदै आएका थापाले यसपटक संघीयता खारेज गर्नुपर्ने तर्क राखेका छन् । उनले सेनको संख्या भन्दा जनप्रतिनिधिको संख्या घटाउनु पर्ने उल्लेख गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल जस्तो देशलाई किन करिब एक सय मन्त्री, पाँच सांसद र हजारौंको संख्यामा तलब भत्ता खाने जनप्रतिनिधिहरु चाहिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्ः

सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले नेपालको भूराजनीति एवं आन्तरिक/बाह्य सुरक्षा संवेदनशीलता बुझेका छैनन्। घटाउनुपर्ने त वेतनभोगी जनप्रतिनिधिहरूको संख्या हो।नेपाल जस्तो देशलाई किन चाहिन्छ करिव १०० मन्त्री,५०० सासंद,हजारौंको संख्यामा तलवभत्ता खाने जनप्रतिनिधिहरु? संघियता खारेज गरौं