२८ कार्तिक २०८३, शनिबार

चितवनमा ३३ तोला सुनका गहनासहित नगद चोरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ असार । पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मंगलबार दिउँसो १२ः४५ बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।