
काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद भवन भित्रै हुने गरेको विभेदले आफूलाई लज्जाबोध भएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले संसद सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकलाई एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध भएको बताएका हुन् ।
‘यही भित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
यस्तै उनले संघीय संसद सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएको विषय पनि उठाएका छन् । उनले यसको छानबिन गर्न मागसमेत गरेका छन् ।















प्रतिक्रिया