५ कार्तिक २०८३, बिहिबार

ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको समितिले बोर्डसंग छलफल गरेपछि प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । समिति सभापति सन्तोष चालिसेले यस बिषयमा देखिएका अस्पष्टता हटेकाले प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

बैठकले धितोपत्र दलाल र व्यापारीलाई मापदण्ड पुगेको अवस्थामा मात्रै अनुमति पत्र दिनका लागि अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय भएको चालिसेले जानकारी दिए ।

बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेकालाई अनुमति दिने जानकारी दिए । अनुमति पत्र दिने निर्णय व्यक्तिगत नभई सञ्चालक समितिको भएको भन्दै पारदर्शीतालाई ध्यानमा राखिएको उनले बताए ।

उनले लामो समयदेखिको सिण्डिकेट वा कोटा सिस्टमलाई अन्त्य गर्दा केहीको बिरोध र उजुरी आउनु स्वभाविक रहेको भन्दै नियत र काममा कुनै कमि कमजोरी भए सजाय भोग्न तयार रहेको उल्लेख गरे ।