
काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन भएको छ ।
चलाउनेमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका नेता कार्यकर्तामाथिको मुद्दा सरकारले फिर्ता लिएसँगै चलाउने न्यायको माग गर्दै आन्दोलित भएका छन् ।
उनी सोमबार काठमाडौं जिल्ला अदालतमा अनशन बस्न पुगेकामा प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।
प्रदर्शनमा सहभागीहरुले मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय दे लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया