
काठमाडौं, ५ असार । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
सोमबार स्थिर रहेको छापावाल सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो यो १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया