५ कार्तिक २०८३, बिहिबार

प्रतिगामी तत्वहरूकाविरूद्व समाजवादी मोर्चा गठन गरिएको हो: प्रचण्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी तत्वहरूकाविरूद्व समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्टाउन खोज्नेहरूकाविरूद्व मोर्चा बनाइएको बताएका हुन् ।

‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो,’ प्रचण्डले भने । यस्तै उनले नेकपा पार्टी गठन गर्न हत्तार गरिएको बताए ।

के कति त्रुटिका कारण नेकपा टिक्न नसकेको भन्ने विषयमा समिक्षा गर्नुपर्ने पनि उनले बताए ।

प्रचण्डले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं । सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि रु हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि रु यो सोच्नुपर्ने प्रश्न छ ।’