
काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन ।
पाँचथर, संखुवासभा र तेर्हथुममा गएको बाढी पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री पाँचथर पुगेकामा हेलिकप्टर नै प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
पाँचथरतर्फ लाग्नुअघि प्रचण्ड संखुवासभाको तुम्लिङटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पनि प्रभावित क्षेत्र अवलोकनका लागि गएका छन् ।















प्रतिक्रिया