५ कार्तिक २०८३, बिहिबार

आइतबार रातिदेखि पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । पाँचथरमा आइतबार रातिबाट पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा फसेका १२ जनालाई आज बिहान नेपाली सेनालाई हेलिकप्टरबाट उद्दार गरेको हो ।

उद्दार गरिएकाहरूमा याङवारक गाउँपालिका-१ की ६० वर्षीया नरमाया गुरूङ, उनको नाती १६ वर्षीय सन्दिप गुरूङ र नातिनी हिमा गुरूङ रहेका छन् ।

त्यस्तै सोही स्थानका ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार गरिएको हो ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी १६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको हो ।