
काठमाडौं, ४ असार । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो आइतबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया