२८ कार्तिक २०८३, शनिबार

समाजवादी मोर्चा चारतिर फर्केका, थाकेका, फुटेका, खिएका र असान्दर्भिक भइसकेका नेताहरुको मोर्चाः विष्णु रिजाल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले चार दलले घोषणा गर्न लागेको समाजवादी मोर्चाले कुनै तात्विक फरक नपार्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने तयारी गरिरहँदा नेता रिजाले समाजवादी मोर्चा घोषणामा नेताहरुका आ–आफ्नै दाउपेच र ‘फेस सेभिङ’का योजना रहेको टिप्पणी गरेका छन् ।

बिहान सामाजिक सञ्जालमा लेख्दै रिजालले भनेका छन्ः

समाजवादी मोर्चा घोषणामा नेताहरुका आ–आफ्नै दाउपेच र ‘फेस सेभिङ’का योजना छन् । एउटा साझा निष्कर्ष चाहिँ सही छ– अब यी पार्टी चल्न सक्दैनन्, चलाउन सकिन्न र विघटनतर्फ गइरहेका छन् । चारतिर फर्केका, थाकेका, फुटेका, खिएका र असान्दर्भिक भइसकेका नेताहरुको मोर्चाले कुनै तात्विक फरक पार्दैन।