५ कार्तिक २०८३, बिहिबार

भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भयो: प्रमुख आयुक्त राई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको स्वरूप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरू कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरूपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाई भएको बताएका हुन् ।

राईले सुशासन कायम गर्न सके भ्रष्टाचार नै नहुने भन्दै सरकारले नै सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको तर्क गरे । आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ ।

राईले उपभोक्ता समितिमार्फत काम गराउने सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलियाका रुपमा देखिएको तर्क गरे । सरकारी निकायमा आवश्यक नै नपर्ने सामानहरू खरिद गर्ने र त्यसमार्फत फाइदा हुने प्रवृति बढ्दो रहेको उनले बताए ।

उनले विनापूर्वाग्रह सवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित रहेको जिकिर गरे ।

बैठकमा आयोगले गरेका कामकारवाही र भावी योजनाका बारेमा जानकारी गराइएको थियो ।