५ कार्तिक २०८३, बिहिबार

भोलिदेखि महानगरभित्र भारतीय चलचित्र रोक्दै मेयर बालेन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाका मेयरले भोलि (सोमबार) बाट काठमाडौंमा भारतीय चलचित्रको प्रदर्शनीमा रोक लगाउने भएका छन् ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादास्पद संवाद हटाउन बालेनले यसअघि तीन दिनको समय दिएकामा अटेर गरेपछि बालेनले भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाउने तयारी गरेका हुन् ।

बालेनले भोलि बिहानैबाट हलहरूमा महानगर प्रहरी परिचालन गर्ने बताइएको छ । यसअघि चलचित्रमा सीता भारतीय छोरी हुन् भन्ने संवाद रहेको थियो । जसको नेपालमा व्यापक विरोध भएपछि उक्त संवाद नहटाइ म्यूट गरेर प्रदर्शन भइरहेको छ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको भन्दै मेयर बालेनले चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको बालेनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको र उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएको उनले लेखेका छन् ।