
काठमाडौं, ३ असार । पछिल्लो समय बैंकहरू गाभिने क्रम जारी छ ।
बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने राष्ट्र बैंकको नीतिअनुसार वित्तीय संस्थाहरु गाभिने क्रम बढेको हो । यसैबीच, लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आइतबार सम्पन्न लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १:१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्त भित्रै एकीकृत कारोबार सुरू गर्ने बैंकको लक्ष्य रहेको छ ।















प्रतिक्रिया