
काठमाडौं, ३ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।
राष्ट्रपति पौडेले स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान अस्पताल भर्ना भएका हुन् । उनको मुटुमा समस्या देखिएको छ ।
अस्पतालका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
अहिले पौडेलको मुटुको चालको मनिटरिङ भइरहेको बताइएको छ ।















प्रतिक्रिया