
काठमाडौं, ३ असार । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।
बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभा सदस्य लिला नाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासन, योगेशकुमार भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।












प्रतिक्रिया