५ कार्तिक २०८३, बिहिबार

अमेरिकाले बढायो भिसा शुल्क, अब कति तिर्नुपर्छ ?

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । अमेरिकाले अमेरिका जान चाहनेका लागि भिसा शुल्क बढाएको छ ।

नयाँ शुल्क शनिवारदेखि लागु भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेको हो ।

शुल्कबृद्धि अनुसार भिजिटर भिसा लगायत सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइएको हो ।

भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि यसअघि भिसा शुल्क १६० डलर रहेको थियो । व्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई श्रेणीको भिसा शुल्क २०५ डलरबाट बढाएर ३१५ डलर पुर्‍याइएको छ ।

त्यस्तै रोजगारमा आधारीत कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा २०५ डलर बनाइएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाइएको हो ।