
काठमाडौं, २ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका दलहरूले समाजवादी मोर्चाको तयारी गरिरहँदा साहले मोर्चाको कुनै औचित्य नभएको बताएका हुन् ।
शुक्रबार वीरगंजमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्दै साहले जनतालाई गुमराहमा राख्न कथित समाजवादीको विषय उठाइएको उल्लेख गरे । ‘नेपालमा लोकतन्त्र छैन्, दलतन्त्र छ । जनताको शासनको लागि दलतन्त्र फाल्ने लक्ष्य लिनुपर्नेमा जनतालाई गुमराह बनाउन कथित समाजवादको विषय उठेको छ’ अध्यक्ष साहले भने, ‘आज लोकतन्त्रको कुरा गर्नुको सट्टा समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु बाहेक अरू केही पनि होइन । त्यसैले अहिले समाजवादी मोर्चाको कुनै औचित्य छैन् ।’
लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाट्ने काम भइरहेको उनको भनाइ थियो ।












प्रतिक्रिया