
काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना भएका छन् ।
उनको मुटुमा समस्या आएपछि मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएको र आज बिहानै मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको स्रोतले बताएको छ ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । स्रोतका अनुसार उनलाई त्रिविबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिसमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको बताइएको छ ।
राष्ट्रपति पौडेल केही दिन अघि पनि मुटुमा समस्या आएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए ।











प्रतिक्रिया