
हेटौंडा, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारले ल्याएको बजेट अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको बताएका छन् । शुक्रबार प्रदेश सरकारले बजेट प्रस्तुत गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता थपलियाले आर्थिक वर्ष २०८०/०८१ को बजेट अहिलेसम्मकै कमजोर बजेट आएको बताएका हुन् ।
नेता थपलियाले प्रदेश संरचना प्रति प्रश्न उठिरहेको बेला त्यस विषयमा जवाफ दिने र प्रदेशलाई बलियो बनाउन काम गर्ने खालको बजेट नआएको टिप्पणी गरे । उनले बजेटमा प्रदेशको आयस्रोत वृद्धि गर्ने कुनै ठोस योजना नआएको बताए । नेता थपलियाले प्रदेश सरकारले बिचौलियाहरुको साँठगाँठमा ठूला-ठूला मेशिन औजारहरु किन्ने योजना मात्र ल्याएको र यसले केहि व्यक्तीलाई मात्र फाइदा हुने दाबी गरे । बजेटमा जनतालाई उत्साहीत बनाउने, रोजगारी सृजना गर्ने, प्रदेशको शिक्षामा गुणस्तरीय बनाउने कुनै ठोस योजना नरहेको उनको भनाइ थियो ।
शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आउँदो आर्थिक वर्ष २०८०/०८१ को लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजिगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तिय व्यवस्थापन तर्फ ५० करोड बजेट विनियोजन गरेको छ ।











प्रतिक्रिया